सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचाैरबाट पाँच बोरा चिनी बरामद,

490 पटक हेरिएको

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचाैरबाट हिजाे बेलुका अन्दाजी ५ बजेकाे समयमा पाँच बोरा चिनी बरामद गरिएको छ । बाबियाचाैर बजार नजिकै रहेकाे विद्युत कार्यालयको भित्री सडकखण्ड अन्तर्गत सडक छेउमा बेवारिसे अवस्थामा रहेको ५ बोरा चिनी बरामद भएको  इलाका प्रहरी कार्यालय बाबियाचाैरले जनाएकाे छ ।

कार्यालय बाबियाचौरका अनुसार चिनीको तौल अन्दाजी २५० किलो रहेको छ । उक्त बरामद गरिएकाे चिनी ईलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको  र मुचुल्का गरेर भन्सार कार्यालय नेपालगंज पठाउने तयारी गरिएकाे प्रहरी निरिक्षक  बिनाेद सुबेदीले जानकारी दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...