पुलबाट खसेर बुबाको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ । दैलेखको आठबीस नगरपालिका वडा नं.३ का ३९ वर्षीय दिपक कार्कीको मृत्यु भएपछि उनका परिवार बिचल्लीमा परेका हुन् ।
गत असोज २८ गते छिन्चुस्थित तोली खोलाको पुलबाट खसेका कार्कीको उपचारको क्रममा मृत्यु भएको थियो । नेपालगञ्जबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश २४७ नम्बरको बसमा सवार कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।
अत्यन्त गरीब परिवारका कार्कीले ज्यालामजदुरी गरी परिवारको गुजारा चलाउने गर्दथे । उनी रोजगारीका लागि उनी भारत गएका थिए । दसैँ मनाउन घर फर्कने क्रममा उनको मृत्यू भएपछि परिवारको बिचल्ली भएको छ । एक छोरा दुई छोरी र श्रीमती समेत दसैँ मनाउन भारतबाट घर आउदै थिए ।
‘बालबालिकाको बिचल्ली भएको छ,‘घरमा एक छाक पकाएर खाने अन्न पनि छैन’ कार्कीका आफन्तले भने ।
खोलामा खसी घाइते भई उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा निधन भएको र उनको छोरा छोरी नाबालक र घरको अवस्था दयीनिय भएको हुँदा उनीहरुले बिहान बेलुकाको छाक टार्न पनि समस्या भएकोले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुले यिनी नाबालकहरुको पालन पोषणको लागि आफ्नो इच्छा अनुसारको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक परिवारले अनुरोध गरेका छन् ।
सम्पर्क को लागि