बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्धाटन खेल बराबरीमा रोकियो,

589 पटक हेरिएको

बाबियाचौर स्पोर्ट्स क्लबको आयोजना हुन लागेको चौथो बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्धाटन गरिएको छ । सुर्खेतको पञ्चपुरीमा अहिले सम्मकै ठुलो धनरासी पुरस्कार रहेको खुल्ला पुरुष फुटबल प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका सदस्य नरबहादुर बिष्ट, नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य हृदयराम थानी, कर्णाली प्रदेशका पुर्ब मन्त्री बिन्दमान बिष्ट, नगर प्रमुख लालबीर भण्डारी, नेकपा समाजवादी पार्टिका जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

आज भएको पञ्चपुरी ६ को फाइभ स्टार क्लव र पञ्चपुरी ४ को एकिकृत युवा क्लवको बिचको खेल २÷२ गोलको बराबरीमा रोकिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख ७१ रुपैया र दोस्रो २ लाख ७१ रुपैया रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...