आवाज संस्थाद्धारा पञ्चपुरीका बाढीपहिरो प्रभावितलाइ खाद्य सामाग्री हस्तान्तरण,

294 पटक हेरिएको

अबिरल वर्षाका कारण गत भदौ ३१ गते आएको बाढी र पहिरोले बिस्थापित परिवारका लागि सोमबार राहत हस्तान्तरण गरिएको छ । आवाज संस्था सुर्खेतले पञ्चपुरी नगरपालिकालाई बाढिपहिरोबाट प्रभावित १३७ घरधुरीका लागि खाद्य सामाग्री हस्तान्तर गरेको हो । बढिपहिरोबाट प्रभावित १३७ घरधुरीका परिवारहरुलाई प्रति घरधुरी २५ के.जी चामल, ३ के.जी. दाल, ३ लिटर तेल, ३ के.जी. नुन र ४ पाकेट सर्बोत्तम पिठो राहत सहयोग गरिएको हो ।

राहत सहयोग तथा बितरण टिडिएच जर्मनी÷मेजरियोको सहयोगमा गरिएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशील कुमार कार्कीले जानकारी दिनुभयो । खाद्य राहात हस्तान्तण कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख, कार्यालय प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रमुख, सम्बन्धित वडा अध्यक्षहरु, विषयगत शाखा प्रमुख हरुको उपस्थिति रहेको थियो ।

पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले  खाद्य सामाग्री सम्बन्धीत वडाका बाढिपहिरो प्रभावितहरुलाई तत्काल तिहार अगाडि वितरण गरिने बताउनुभएको छ । आवाज संस्थाले पञ्चपुरी नगरपालिकामा कोभिड संक्रमण देखि बाढिपहिरोको जोखिमको बेला सम्म राहत प्रदान गरेर सहयोग गरेको प्रति धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...