भोलिदेखि देशभरको मौसम बद्ली हुने,

देशका धेरै ठाउँको मौसम भोलिदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन निकालेर पर्सिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् शान्ती कडेलले बताउनुभयो । आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा मेघ गर्जन, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ ।

मौसमविद्ले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । दशैँमा गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र फर्किन पनि उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...