आवाज संस्थाद्धारा पञ्चपुरीका ६० जनालाइ ब्यवसाय तालिम प्रदान,

190 पटक हेरिएको

MISEREOR, KZE र TDH जर्मनीको आर्थिक सहयोग आवाज संस्था सुर्खेतको आयोजनामा ब्यावसायीक तालिम आज देखि बाबियाचौरमा सुरु भएको छ । पञ्चपुरी नगरपालिका अन्तरगतका वडा नं. ७ देखि ११ सम्मका हिंसा प्रभाबित युवा तथा महिला समुहका ६० जना सहभागी हरुलाइ तालिम दिन लागिएको हो ।

असोज ३० देखि कार्तिक २ गतेसम्म बाख्रापालन, कुखुरापालन तालिम, ६ दिने खुद्रा तथा नास्ता पसल सीप विकास तालिम र ४५ दिने सिलाई कटाई तालिमको सुरुवात गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पञ्चपुरी नगरपालिका नगर प्रमुख लालबिर भण्डारीले व्यवसाय गर्ने सहभागिको नाम सम्पुर्ण वडा र नगरमा दिन आग्रह गर्दै सिप सिकेकाहरुले गरेको ब्यवसायको अनुगमन गर्ने बताउनुभएको छ । संस्थाले गरेको लगानी कसैले पनि खेर फाल्न नहुने भन्दै उहाले ब्यवसाय नगरे रकम फिर्ता गर्नुपर्ने बताउनुभयो ।

उद्धाटन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष नगेन्द्र शाही ८ का वडा अध्यक्ष दिपक कुमार थापाको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आवाज संस्थाका समाजिक परिचालक कल्पना नेपालीले गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...