कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्रीद्धारा पञ्चपुरीको बिद्याज्योतीमा अनुगमन,

कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री खड्ग पोखरेलले पञ्चपुरीमा रहेको बिद्यालयको अनुगमन गर्नुभएको छ । पञ्चपुरी ५ मा रहेको बिद्याज्योती माद्यामिक बिद्यालयको पोखरेलले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले बिद्यालयका विभिन्न समस्या तथा प्रगतिका बारेमा मन्त्री पोखरेललाई जानकारी गराउनुभएको छ ।
बिद्यालयमा बिद्यार्थीको चाप बढि रहेको र त्यसका लागि भवन अभाव रहेको बताउनुभयो । आफुले पटकपटक सामाजिक बिकास मन्त्रालयमा योजना माग गरेको स्मरण गराउदै सापकोटाले यसपटक माग सम्बोधन हुनेमा आशावादी रहेको समेत बताउनुभयो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रावलले बिद्यालयले प्राबिधिक धार समेत सञ्चालन गर्ने योजना बनाएको र यसका लागि कर्णाली प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भौतिक संरचनाहरु पनि जिर्ण भएको हुदा मर्मत गर्न सकेमा शैक्षिक उपलब्धि ल्याउन सकिने रावलले बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले कर्णाली प्रदेश र आफ्नो मन्त्रालयमा यसपटक बजेट कम भएको हुदा धेरै जसो मागहरु सम्बोधन गर्न नसकिएको बताउनुभयो ।
कर्णालीमा निर्माण हुँदै गरेको प्रदेश रंगशाला र कर्णाली प्रदेश अस्पताल सुर्खेत लाई बढि बजेट बिनियोजन गरेको पोखरेलले बताउनुभयो । प्रतेक जिल्लाका प्रत्येक पालिकामा एउटा नमुना बिद्यालयको लागि बजेट ब्यवस्थापन गरेको समेत उहाले जानकारी दिनुभएको छ । मन्त्री पोखरेलले आफुले पहिले नै बजेट उपलब्ध गराउने प्रतिबद्धता नगर्ने र सकेसम्म यसै आ. व. मा माग सम्बोधन गर्न पहल गर्ने समेत आश्वासन दिनुभएको छ । बिद्यालयको भवन तथा निर्माण गरिएको छात्रवासको समेत उहाले अनुगमन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...