दशै तिहारलाई मध्यनजर गर्दै अछामकाे तुर्माखाँद गाउँपालिकाले १ देखि आठै वडाकाे अनुगमन सम्पन्न भएकाे छ । तुर्माखाँद गाउँपालिका रहफ भुलु, भैरवस्थान, तुर्माखाँद नाडा, रानिवन ताेषी धामाली गरि आठै वडाहरुमा अनुगनलाई तिब्रता दिएको छ ।
चाड पर्वको समयमा गाउँ टाेलका बजार क्षेत्रमा म्याद नाघेका खानेकुराहरु पाईने, ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने गुनासो आउन थालेपछि गाउँपालिकाले सबै वडाहरु मा अनुगमनलाई तिब्रता दिएको छ ।
बिहिबार सबै वडामा म्याद नाघेका जफत गरेका सामानहरु तुर्माखाँद गाउँपालिका कर्मचारी, प्रहरी प्रशासनकाे राेहवरमा शुक्रबार सामान हरु नस्ट गरियकाे छ । आठै वडाका करिब १ सय २० वटा पसल गरी १४ वटा बिषय बस्तुको अनुगमन गरिएको र मूल्य सुचि र साईनबोर्ड नराखेको पसललाई ५ दिन भित्र राख्न र व्यावसाय दर्ता तथा नबिकरण नगरेकोलाई ७ दिन भित्र गर्नु भनि तुर्माखाँद गाउँपालिका पशु शाखा प्रमुख जनक बहादुर बुढाले जानकारी दिनुभएकाे छ ।
तुर्माखाँद गाउँपालिकाकाे ८ वटै वडाहरुमा अनुगमन गरिएकाे छ निरन्तर गाउँ टाेल बस्तीका बजार अबैध मदिरा ,म्याद नाघेका सामानहरु चेक जाँच गरि जम्मा गरिएका केही समानहरु आजै नस्ट गरियकाे तुर्माखाँद गाउँपालिका पञ्जिकरण शाखा प्रमुख तपेन्द्र प्रसाद न्याैपानेले जानकारी दिनु भएकाेछ छ । अहिले पनि केही पसलहरुमा म्याद नाघेका खाद्य वस्तुहरु भेटिएकाले त्यस्ता सामानहरु जफतगरि नष्ट गरिएको, मुल्य सुची नाखेका पसलहरुलाई तत्काल मुल्य सूची राख्न अनुरोध गरिएको र नबिकरण नगरिएका पसलहरुलाई तत्काल नबिकरणको प्रकृया अगाडी बढाउन निर्देशन दिइएको गाउँपालिका स्वास्थ शाखा प्रमुख यकेन्द्र बहादुर बयकले बताउनुभयो । म्याद नाघेका समानहरु बिष्कुट, सुजी, जिरा मसला,भुजा मेडसन औषधि चिसाे, फेन्टा लिची ,चिउरा, खाने सोडा र पसलमा राखेका अबैध दारु लिची सहित तुर्माखाँद गाउँपालिका आठैवडाहरु का पसल हरुमा रु ३५,००० (पैत्तिस हजार ) बराबरकाे म्याद नाघेका सामानहरु नष्ट गरियकाे छ ।
तुर्माखाँद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर शाही को संयाेजक तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बि. सी प्रञ्जिकरण शाखा प्रमुख तपेन्द्र प्रसाद न्याैपाने ,पाेषण सहजकर्ता गाेपाल बुढा ,पञ्जिकरण शाखा फिल्ड सहायक मन बहादुर बयक, प्रेम बहादुर बुढा कुषि शाखा कार्यरत भगेन्द वड, हर्क बहादुर बयक कुमार बि. क तुर्माखाँद गाउँपालिका प्रहरी चाैकी प्र.स.नी. गाेपाल बहादुर शाही लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।