स्वबियुद्वारा आठाै समेस्टारका बिद्यार्थीकाे बिदाई,

131 पटक हेरिएको

स्वतन्त्र बिद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९  बिद्यापुर सुर्खेतकाे आयाेजनामा आठाै समेस्टारका बिद्यार्थीकाे बिदाई तथा बिजयादशमी तथा दिपावलीकाे शुभकामना आदान प्रदान कार्यक्रम आज बिद्यापुरमा सम्पन्न भएको छ ।

क्याम्पसमा भएको कार्यक्रम आठाै समेस्टारका बिद्यार्थी लाेकेन्द्र रावलले क्याम्पसले बिद्यार्थी हरुकाे लागि गरेकाे मेहनत सधैं अविस्मरणीय रहने बताउनुभयो । क्याम्पस पढाइको समय मात्रै सकिएको बताउदै रावलले अन्य गतिविधि र स्थानीयकाे नागरिककाे तर्फबाट क्याम्पसकाे हितकाे लागि सधैं तत्पर रहने प्रतिबद्धता जनाउनुभएकाे छ । क्याम्पसका प्रमुख तथा शिक्षकहरुले बिद्यापुर क्याम्पसकाे नाम राख्ने खालकाे बिद्यार्थी बन्नकाे लागि शुभकामना समेत दिनुभएको छ ।

कार्यक्रममा बाेल्दै पञ्चपुरी ९ का वडा सदस्य रामबहादुर थापाले शिक्षा तथा ज्ञान कहिल्यै नसकिने बताउदै बिद्यार्थी जुनठाउ जहाँ भएपनि अनुशासन र लगनशील हुनुपर्नेमा जाेड दिनुभएको छ । कार्यक्रममा बिदाई हुने बिद्यार्थीहरुलाई मायाकाे चिनाे समेत प्रदान गरिएको छ । स्वबियु सचिब जनक बिष्टले सञ्चालन गरेकाे कार्यक्रम स्वबियु सभापति चेतन नेपालीको अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...