शिवधाम धार्मिक संस्था पञ्चपुरी ५ सुर्खेतको १२ औँ बार्षिक साधारणसभा बाबियाचौरमा सम्पन्न, भएको छ । पञ्चपुरीको बाबियाचौरमा भएको साधारणसभामा संस्थाका सदस्य हरुको सहभागीता रहेको थियोे । कार्यक्रमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले शिवधाम धार्मिक संस्थाको बिकासका लागि आफु निरन्तर लागिरहेको बताउनुभएको छ ।
आगमि दिनमा समितिलाई द्रुत गतिमा बढाउन कार्यसमिति सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ । साधारणसभामा संस्थाका कोषाध्यक्ष प्रताप बहादुर शाहीले आ.ब. २०७९÷८० को ६ लाख ९९ हजार ५ सय ५ रुपैया १ पैसा बराबरको आय ब्यय प्रस्तुत गर्नुभएको छ ।
संस्थाको प्रगति प्रतिबेदन सचिब पदमलाल कडेलले प्रस्तुत गर्नुभएको छ । संस्थाले आगामी दिनमा २०८० सालमा मंसिर महिनामा धनधान्याचल महायज्ञ संचालन गर्ने, सरकारी निकाय तथा गैरसरकारी संस्थासंग समन्वय गरी अधुरो दुर्गा मन्दिर निर्माण कार्य पूरा गर्ने, शिवधाम गुरुकुल विद्यालयको दिगो संचालनका लागि अक्षय कोष स्थापना गर्न पहल गर्ने, मन्दिर परिसरमा क्यारी निर्माण गरी फलफुलका बिरुवाहरु रोप्ने, संस्थाको दिगो विकास तथा धार्मिक पर्यटकिय क्षेत्र बनाउनका लागि बिभिन्न दातृ संस्थाहरु संग समन्वय गरी दिगो गुरुयोजना तर्फ पहल गर्ने, मन्दीर क्षेत्रलाई पक्की पर्खालको घेरबार गर्नका लागि विभिन्न निकायहरुमा अनुरोध गर्ने, धार्मिक प्रवचनका लागि लगभग २०० जना भक्तजन बस्ने गरी एउटा हलको लागि दातृ संस्थाहरु संग अनुरोध गर्ने योजना बनाएको छ । साधारणसभा संस्थाका अध्यक्ष नवलसिंह देउवाको अध्यक्षतामा सम्पन्न भएको हो ।