नेकपा (एकीकृत समाजवादी) पार्टीकाे पञ्चपुरी नगर कमिटी इन्चार्जमा – ढुंगाना,

नेकपा (एकीकृत समाजवादी) पार्टीकाे पञ्चपुरी नगर कमिटी इन्चार्जकाे जिम्मेवारी प्रेम ढुङ्गाना लाई दिईएकाे छ ।

लामो समय भारत प्रबासमा प्रवासी नेपाली संघ भारतको नगर समिति अध्यक्ष राज्य समिति सदस्य ,राज्य समिति सह सचीव र महाराष्ट्र गुजरात सयुक्त राज्य समितिको सचीवमा रहि काम गर्दै आएका ढुङ्गानाले नगर कमिटी इन्चार्ज को जिम्मेवारी पाएका हुन ।

शुक्रबार नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाकाे प्रमुख अातिथ्यता र जिल्ला कमिटी सुर्खेतका अध्यक्ष माेहनसिंह वडुवालकाे अध्यक्षतामा जिल्ला कमिटी प्रथम वैठक तथा सपथ ग्रहण कार्यक्रममा जिम्मेवारी ताेकिएकाे हाे ।

शुक्रबारदेखि अाधिकारिक रूपमा नेकपा ( एकीकृत समाजवादी) मा सुर्खेत जिल्ला कमिटी रूपान्तरित भएको छ । जिल्ला कमिटि सचिवालय ३५ सदस्यीय, ९९ वडामा इन्चार्ज, विभाग र जनवर्गीय संगठनकाे इन्चार्जकाे जिम्मेवारी समेत ताेकिएकाे छ ।

ढुङ्गानाले जिम्मेवारी दिने नेतृत्वलाई धन्यवाद दिदै अागामी दिनमा संगठन र पार्टी बलियाे बनाउन सबैकाे सल्लाह र सुझाव सहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...