सुर्खेतको पञ्चपुरी २, पलैटेमा रहेको सुर्यप्रकाश माद्यामिक बिद्यालयमा आज बिज्ञान प्रदर्शनी गरिएको छ । विज्ञान प्रदर्शनीमा बिद्यालयका बिद्यार्थीले तयार गरेका बिज्ञानका सामाग्रि प्रदर्शनको लागि राखिएको थियोे । प्रदर्शनीमा बिद्यालयका बिद्यार्थी तथा नजिक बिद्यालयका बिद्यार्थीले समेत अवलोकन गरेका थिए । बिद्यालयमा बिद्यार्थीहरुले अतिथिहरुलाइ पञ्चपुरी नगरपालिकाको नमुना स्मार्ट सिटिको समेत अबलोकन गराएका छन ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगर प्रमुख लालवीर भण्डारीले बिद्यालयले गरेको बिज्ञान प्रदर्शनी प्रशंसा गर्नयोग्य भएको बताउनुभएको छ । साथै उहाले बिद्यार्थीको कला सीप र क्षमता बिकास गर्न आबश्यक रहेको र यसबाट अन्य बिद्यालयले समेत पाठ सिक्नुपर्ने मा जोडदिनुभएको छ । भण्डारीले नगरपालिकाले यस आर्थिक बर्षलाइ शैक्षिक उपब्धी बर्षको रुपमा लिएको बताउदै शिक्षा क्षेत्रको बिकास र शैक्षिक गुणस्तर बृद्धि नगपालिकाको पहल हुने समेत बताउनुभएको छ ।
कार्यक्रम बिद्यालयका शिक्षककहरुले आगामी दिनमा यसलाई थप ब्यवस्थित बनाई प्रदर्शनी गर्ने बताएका छन । बिज्ञान प्रदर्शनीले बिद्यार्थीको पढाइमा सहयोग पुग्नुका साथै सृजनशिलताको समेत बिकास भएको छ । कार्यक्रममा नगर उप प्रमुख, वडा अध्यक्ष, राजनितिक दल लगाएतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । बिद्यालयका प्रधानाध्यापक टिकाराम बास्तोलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।