तुर्माखाँद गाउँपालिकाकाे वडा न. ३ काे भैरवस्थानमा  बिधुत लाईन उद्घाटन

54 पटक हेरिएको

अछामको जिल्लाकाे बिकट क्षेत्र रहेकाे तुर्माखाँद गाउँपालिकाकाे वडा न. ३ भैरवस्थानमा बिधुत लाईन उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रममा ३ न. वडाका वडाअध्यक्ष काशिराम बुढाकाे अध्यक्षता रहेकाे कार्यक्रमका  प्रमुख अतिथि तुर्माखाँद गाउँपालिका अध्यक्ष  डम्बर बि. सी, वडाका जनप्रतिनिधि ,बिशिस्ट अतिथि  अछाम बिधुत प्राधिकरण का कार्यलय प्रमुख श्री हिक्मत बहादुर बुढा लगाएत  राजनिती दलका पाटि प्रतिनिधि, समाजसेवी हरुकाे उपस्थित रहेकाे थियाे । कार्यक्रम मा स्वागत मन्तब्य राख्दै बिधुत प्राधिकरण अछाम  कार्यालय प्रमुख हिक्मत बुढाले भैरवस्थान सम्म पुर्याउन बिधुत लाईनमा करिब  एकानब्बे लाख बराबर प्राधिकरण काे खर्च भएकाे समेत बताउनु भयाे । 

आफू सानाे हुदा गाउँनै अध्यारो हुन्थ्यो तर  गाउँमा मट्टीतेल, चाेईलाकाे झरी ,काे सहाराले उज्यालो काे लागि गुजरा चलाउथे   आफू पनि यसै ठाउँको स्थानीय भएकाेले आफनै ठाउँमा बिधुत उद्घाटन गर्न अछामको  कार्यालय प्रमुख भएर  आउदा खुशी भएकाे  समेत बताए ।  गाउँ मा बिधुत पुगेकाे खुशी मात्र हाेई तर दुर्घटना पनि हुन्छ भन्नू भयाे  यसका लागि  जनचेतनामूलक कार्यक्रम बाट बिद्यालयहरु पठनपाठन स्थानीय पाठ्यक्रम समेत राखेर बिधुत सम्बन्धि कसरी बच्ने के के गर्न हुने के नगर्ने  भन्ने बिषयमा बिद्यार्थिहरु लाई सिकाइका माध्यम बाट केही   यस्ता दुर्घटना बाट  बच्न सकिन्छ भन्ने कुराहरु बुढाले बताउनु भयाे ।

कार्यक्रम मा बाेल्दै गाउँपालिका अध्यक्ष  बि. सीले अछाम जिल्लाका १० वटै स्थानीय तह  नगरपालिका / गाउँपालिकाकाे  लागि बिधुत प्राधिकरणले पुर्ण रुपमा बिधुत बिस्तार गर्नकाे लागि टेन्डर समेत भईसकाे बताए ।  केही बर्ष अगाडि मात्र पुगेकाे बिधुत लाईन   तुर्माखाँदमा  केहि वडा मा बिधुत बिस्तार भएपनि  ३ न. वडामा  बिधुत लाईन  बिस्तार का लागि गाउँपालिका र वडाकाे करिब नाैलाख  रकम बराबर खर्च  भएकाे समेत  बताए । आफनै  स्थानीय  जिल्लाकाे बिधुत  कार्यालयकाे  प्रमुख हुदा पनि काम गर्न सजिलाे भएकाे बताए सके सम्म केही महिना  भित्र बिधुत सबै गाउँ टाेल बाकि रहेका वडा  बस्तिमा  बिधुत पुर्याउने समेत   बि. सीले जानकारी  दिनु भयाे । कार्यक्रमका समापन गर्दै  काशिराम बुढाले बिधुत लाईनमा काम गर्ने प्राबिधिक कर्मचारी , लगाएत सहयाेग गर्ने सम्पूर्ण लाई धन्यवाद  दिनु भयाे उद्घाटनमा आउनु भएका बिधुत प्राधिकरणका कार्यालय प्रमुखका हिसाबले  ब्यातिगत रुपमा गर्नु भएकाे सहयाेग र कार्यालय ले गरेकाे सहयाेग प्रर्ति  धन्यवाद समेत दिनु भयाे । कार्यक्रम संञ्चालक ना.प्रा.स महेन्द बि. सीले गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...