नेपाली राष्ट्रिय महिला क्रिकेट टिम मलेसियासँग १३ रनले पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम मलेसियासँगको तेस्रो खेलमा हार बेहोरेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको हो ।

मलेसियाले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेटले गुमाउँदै १०७ रन मात्र बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो। उसका लागि ओपनर आइना हासिमले ५८ बलमा ५ चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन्। 

बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले २-२ विकेट लिए । १२१ रनको लक्ष्य पछ्याएको नेपाल ८ विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो । नेपालका लगि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन  जोडे। कविता कुँवरले १५ रन बनाउँदा कप्तान इन्दू बर्माले नटआउट २२ रन बनाइन्।

अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो जितसँगै मलेसियाले सिरिजमा २-१ को अग्रता लिएको छ। यसअघि पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा नेपाल विजयी भएका थिए। अब चौथो खेल मंगलबार हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...