हुड्के क्युरेनी साढे १७ किलोमिटर सडक कालाेपत्रे हुदै,

बराहताल गाउपालीका वडा न. ४ को हुड्के किउरेनी कालोपत्रेका लागी सडक सिलन्यास गरिएको छ ।
कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट लगायतको उपस्थितिमा १७ दशमलव ७ किलोमिटर सडकको सिलन्यास गरिएको हो । खड्का कन्ट्रक्सनले ६१ करोड लागतमा आगामी २०८३ अषार १५ भित्र उक्त सडक निर्माणको काम सम्पन्न गर्ने सम्झौता रहेको छ ।
उक्त सडक कालोपत्रे भएपछि हुर्के, क्युरेनी, साझघाट, कुटा, चेपाङ, ईखेनी, बुटी लगायत ठाउमा सडक यातायात सहज रुपमा सञ्चालन हुने छ । सो सडक बराहताल गाउपालिका वडा न. ८,४,३,५ र ६ साथै पञ्चपुरी नगरपालीकाको जामु तातापानी सम्म जोडिने छ ।
सामान्य रुपमा यातायातका साधन सञ्चालन हुदै आएको उक्त क्षेत्रमा काम सडक पिच भएपछि बाह्रै महिना यातायात सुविधा उपलव्ध हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...