नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बराहताल गाउपालिका ७ नयाँवन सुर्खेतका बिद्यार्थीलाई माटाेका सामाग्री बनाउन सिकाईएकाे छ । कक्षा ३ मा अध्यनरत छात्र छात्राहरुलाई सिक्षण सिकाई प्रभाकारी बनाउन मेराे सेरोफेरो पाठ्यक्रममा भए बमाेजिम शिक्षण सिकाइ गरिएको शिक्षिका खगिसरा बास्तोलाले जानकारी दिनुभयो ।
बिद्यालयमा पानिका अभावका कारण स्थानीय डल्लेखालिमा पुगेर बिद्यार्थीलाई सामाग्री बनाउन सिकाईएकाे बास्तोलाले बताउनुभयो । शिक्षण सिकाई थप प्रभाबकारी बनाउन प्रयाेगात्मक अभ्यास पनि महत्त्वपूर्ण हुने उहाकाे भनाई रहेकाे छ ।