सङ्घीय निजामती विधेयकको विरोधमा हातमा कालाेपट्टि बाधेर प्रदर्शन,

24 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन सुरू गरेका हुुन ।
स्थानीय तह कर्मचारी हक हित सङ्घर्ष केन्द्रीय समितिको कार्यक्रममा ऐक्यबद्धता जनाउदै पञ्चपुरी नगरपालिकामा कार्यरत कर्मचारीहरूले आज हातमा कालोपट्टि बाँधेर सेवा प्रवाह गरेका हुन।
सङ्घीय निजामती सेवा ऐनको सट्टा एकिृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, निजामति सेवा भित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने,अस्थायी तथा करार कर्मचारीकाे उचित ब्यवस्थापन गर्नुपर्ने, समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग सहित स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
आफ्ना मागहरू सम्बोधन नभएमा क्रमशः आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाँउदै लैजाने संघर्ष समितिका संयाेजक हिमा रावलले जानकारी दिनुभएको छ ।

केन्द्रिय समितिको निर्णय अनुसारका आन्दोलनका कार्यलाई सफल पार्न चरण बद्द आन्दोलनका कार्यक्रम अगाडि बढाउने पनि रावलले जानकारी दिनुभएकाे छ । कर्मचारी बैठकबाट हिमा रावलकाे संयाेजकत्वमा संघर्षरत समिति समेत गठन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...