समानता साना किसान कृषि सहकारी संस्थाको एघारौँ वार्षिक उत्सव सम्पन्न

24 पटक हेरिएको

१७ असोज सुर्खेत ।
समानता साना किसान कृषि सहकारी संस्था लिमिटेड पञ्चपुरी ५ बाबियाचौर सुर्खेतको ११ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५ मा सहकारीको साधारण सभा गरिएको हो । साधारण सभामा सहकारीको गतिविधि यसअघिका गरेका कामको समीक्षा साथै आगामी आर्थिक वर्षमा गर्नुपर्ने योजनाको बारेमा समेत जानकारी दिएको छ । त्यसैगरी साधारण सभाले आगामी वर्ष ऋण प्राप्त न्यूनतम सेयर पूँजी ऋण मागको १०% हुनुपर्ने, सदस्यता प्राप्त गर्न १० कित्ता सेयर खरिद गर्नुपर्ने लगायत पुराना ऋणलाई क्रमश किस्तामा ऋण सीमाको १० प्रतिशत सेयर पुर्याउने योजना अघि सारेको छ । त्यस्तै सहकारीले सहकारी शिक्षा तालिम सञ्चालन गर्ने, तरकारी खेती तालिम सञ्चालन गर्ने लगायत अन्य संघसंस्थाहरूसँग समन्वय गरी सहकारी अवलोकन भ्रमण गर्ने समेत योजना बनाएको छ ।


कार्यक्रमको उद्घाटन समारोहमा नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मीले साना किसान सहकारीले महिलाहरूको आर्थिक उन्नतिका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । साथै उहाँले आगामी दिनमा महिलाहरूको आर्थिक उत्पादन हुने क्रियाकलापमा थप कार्यक्रम ल्याउन आग्रह समेत गर्नुभएको छ ।
त्यसैगरी कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले सहकारीले गरेको काम प्रशंसा योग्य रहेको र यसको लागि महिला दिदीबहिनीहरू धन्यवादको पात्र भएको समेत बताउनुभएको छ । साथै उहाँले आगामी दिनमा सहकारीको हितका लागि नगरपालिकाको तर्फबाट नीति र विधिमा टेकेर हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सहकारीले असल ऋणी बाल बचतकर्ता लगायतलाई सम्मान समेत गरेको छ । मनकला बान्तोलाले सञ्चालन गर्नुभएको कार्यक्रम सहकारीका अध्यक्ष जगतकुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...