विद्यापुर जनता बहुमुखी क्याम्पसमा दशैंमिलन शुभकामना आदानप्रदान सम्पन्न

94 पटक हेरिएको

१६ असोज, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत विद्यापुर जनता बहुमुखी क्याम्पसमा आज दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा विद्यापुर जनता बहुमुखी क्याम्पसको समन्वयमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा क्याम्पसमा अध्ययनरत आठौं सेमेस्टरका विद्यार्थीहरूको विदाई समेत गरिएको छ । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले शुभकामना सन्देश दिँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पसको नाम उच्च राख्नको लागि सबैलाई हौसला समेत दिनुभएको छ । साथै उहाँले विदाई हुने विद्यार्थीहरूको शैक्षिक सफलताको शुभकामना समेत दिनुभएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले क्याम्पसको हितका लागि नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउनुभएको छ । साथै उहाँले विद्यार्थीहरूलाई पढाइमा थप सहज गराउनको लागि अक्षय कोष स्थापना गरिएको बताउनुभएको छ ।
विदाई हुने विद्यार्थीहरूले क्याम्पसमा अध्ययन गर्दा रमाइलो वातावरण सिर्जना भएको र आगामी दिनमा पनि क्याम्पसको हितका लागि आ आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रम क्याम्पसका स्वबियु सभापति चेतन नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...