विश्व रेबिज दिवसको अवसरमा सूर्यप्रकाशमा खोप सञ्चालन

१३ असाेज, सुर्खेत

विश्व रेबिज दिवसको अवसरमा पञ्चपुरीको पलैटेमा आज पशुहरूमा खोप लगाइएको छ । नेपाल भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेश र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको सहयोगमा शिविर सञ्चालन गरिएको हो । सूर्य प्रकाश माध्यमिक विद्यालय पञ्चपुरी २ पलैटेेको आयोजनामा शिविर सञ्चालन गरिएको हो । पञ्चपुरी नगरपालिकाको वडा नम्बर २, ३, ४ तथा बराहताल गाउँपालिकाको वडा नम्बर ६ का ९० वटा कुकुर र १७ वटा बिरालोमा रेबिज विरुद्धको खोप लगाइएको हो । खोप कार्यक्रममा डाक्टर शिवराज डाँगी डाक्टर निर्दिष्टा पाठक र डाक्टर अरुण चौलागाईको सहभागिता रहेको सूचना अधिकारी खगेन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभएको हो। सूर्य प्रकाश माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म पशु विज्ञान विषय अध्ययन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...