गाउपालिका अध्यक्ष संग शैक्षिक सुधार कार्यक्रम अन्तरगत बराहतालमा आज स्टेसनरी तथा झोला बितरण गरिएको छ । सुर्खेतको बराहताल गाउपालिका ७ मा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय नयावनका बिद्यार्थीलाई सो सामाग्री बितरण गरिएको हो ।
बिद्यालयमा रहेका कक्षा १० सम्मका अति बिपन्न तथा स्टेसनरी सामाग्री अभाव कै कारण बिद्यालय आउन नसकेका ३२ जना बिद्यार्थीलाइ स्टेसनरी बितरण गरिएको गाउपालिकाले जनाएको छ । झोला तथा स्टेसनरी बितरण गर्दै गाउपालिका अध्यक्ष भिम बहादुर भण्डारीले बराहतालको शैक्षिक सुधारका लागि आफुले सो कार्यक्रम ल्याएको बताउनुभएको छ ।
अध्यक्ष भण्डारीले बिद्यार्थी र बिद्यालयको शैक्षिक अवस्था सुधार ल्याउनको लागि शिक्षक एक्लैले सम्भव नहुने बताउदै अभिभावक र बिद्यार्थीको पनि महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । भण्डारीले गाउपालिकामा रहेका अन्य बिद्यालयमा पनि यो कार्यक्रम मार्फत सहयोगका कार्यक्रम ल्याउने र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताउनुभएको छ । सामाग्री ग्रहण गर्दै बिद्यार्थी र शिक्षकहरुले गाउपालिकाले गरेको कार्यक्रम समय सान्दर्भिक र प्रशंसायोग्य रहेको बताउदै धन्यवाद समेत दिएका छन ।