राष्ट्रिय युबा संघको ५१ सदस्यीय गाउँ कमिटी गठन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मोहन्याल गाउँ कमिटिको प्रथम भेला मंगलबार फलेबिसौनिमा सम्पन्न भएको छ । भेलाको उद्घाटन नेकपा एमाले कैलालीका अध्यक्ष एवम प्रदेश सभाका सदस्य रतन थापाले गर्नु भएको थियो ।

भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी थापाले देश संकटमा परेका बेलामा देश र जनताको पक्षमा युवाहरुले जहिले पनि अग्रमोर्चामा रहेर भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । युवाहरूको काधमा समाज भएकाले पनि समाजमा रचनात्मक कार्य गर्दै समाजको उन्नतिका लागि अग्रसर भएर लाग्नु पर्ने कुरामा समेत थापाले जोड दिनु भएको छ ।

सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य कमला ओलि,युवा सघ कैलाली अध्यक्ष गणेश महरा,जिल्ला कमिटी सदस्य दल बहादुर बिष्ट, डेजि पाण्डे, बिरेन्द्र बहादुर रावल, एमाले प्रदेश कमिटी सदस्य शिव कुवर, मोहन्याल गाउँ कमिटी अध्यक्ष पुर्ण साउद, युवा संघका कार्यालय सचिव शिव चन्द, वार्ड नम्ब ६ का अध्यक्ष टीका भण्डारी लगायतकाले शुभकामना व्यक्त गर्नु भएको थियो ।

भेलाले ८ जना पछि थप्नेगरी रोसन खनालअध्यक्ष,प्रकाश पुन उपाध्यक्ष सन्तोष बोगटी, सचिव दान बहादुर टमटा, सहसचिव रहेको ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । रोसन खनालको अध्यक्षतामा सप्पन्न भेलाको स्वागत मन्तव्य अमर टमटाले गर्नु भएको थियो भने सन्चालन भवानी देबकोटाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...