इलाका प्रहरी कार्यालय बाबियाचौरद्वारा नागरिक सहायता कक्ष सञ्चालन

१२ असोज सुर्खेत
इलाका प्रहरी कार्यालय बाबियाचौर र अस्थायी ट्राफिक प्रहरी पोष्ट बाबियाचौरको संयुक्त आयोजनामा आज सचेतना मूलक कार्यक्रम गरिएको छ । पञ्चपुरी ५ को बाबियाचौरमा रहेका बजार क्षेत्रका नागरिकहरूलाई ट्राफिक नियमको बारेमा जानकारी गराइएको छ ।
चाडपर्वको समयमा बढी दुर्घटनाको जोखिम हुने भएको हुँदा चाडपर्व लक्षित गरी सो अभियान चलाइएको हो । कार्यक्रममा बजारमा रहेका यात्रुहरूलाई ट्राफिक नियमको बारेमा जानकारी, पैदल यात्रा गर्दा अपनाउनुपर्ने सावधानीहरू लगायतका विषयमा जानकारी दिइएको छ । साथै प्रहरीले चाडपर्वलाई शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई आग्रह समेत गरेको छ ।
त्यसैगरी प्रहरीले बाबियाचौर बजारमा नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ । कार्यक्रममा जनप्रतिनिधि स्थानीय नागरिकहरू बस व्यवसायीहरू व्यापारी लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...