वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको एकाइ बैठक पञ्चपुरीमा सम्पन्न,

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.को २१ औ साधारणसभा अन्तरगत एकाइ बैठक आज सुर्खेतको पञ्चपुरीमा सम्पन्न भएको छ । बाबियाचौरमा भएको बैठकमा पश्चिम सुर्खेतमा रहेका १ सय ६५ समुहका सदस्य हरुको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै संस्थाका सल्लाहकार कमलराज रेग्मीले सहकारीले आगामी दिनमा नगरपालिका तथा स्थानीय निकाय संग सहकार्य गरेर ब्यवसाय तथा आम्दानिमुलक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । अन्य समूह तथा सहकारी जस्तो सदस्यको लगानी डुवाउने सहकारी नभइ सदस्यको बचतको ग्यारेन्टी गर्ने सहकारी भएको समेत रेग्मीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिकाका पुर्व नगरप्रमुख उपेन्द्र बहादुर थापाले सहकारीले उद्यम गर्न चाहने महिलाहरुका लागि सहयोगीको भुमिका निर्वाह गरेको बताउनुभयो । पारिवारिक बाताबरण राम्रो बनाउन आर्थिक रुपमा पनि सक्षम हुनुपर्ने बताउदै थापाले महिलाहरुले आम्दानीका कार्यक्रमलाई बढि प्राथमिकता दिनुपर्ने बताउनुभयो । बैठकमा उत्कृष्ट ४ समुहलाई सम्मान समेत गरिएको छ ।
न्यू हरियाली वातावरण महिला केन्द्र चौकुने ३ सिमलगैरा, बासुधारा वाताबरण महिला केन्द्र चौकुने ४ बिजौरा, बसन्त ऋतु वाताबरण महिला केन्द्र पञ्चपुरी ८ दुलालथाइ, न्यू वरपिपल वातावरण महिला केन्द्र चौकुने ५ तोस्रा र फुलमती वातारण महिला केन्द्र पञ्चपुरी ३ चौर सुर्खेतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बिमला शाही, कृपाराम थापा, नगेन्द्र शाही लगाएतले सफलताको शुभकामना दिनुभएको थियोे । कार्यक्रम मा गंगा सिग्देलको स्वागत मन्तब्य राख्नुभएको थियोे । कार्यक्रम सहकारीका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...