डाँडादरा सञ्चार सहकारी संस्था लिमिटेड द्वारा सञ्चालित रेडियो डाँडादरा एफएम १०४ मेगाहर्जको ५ औं बार्षिक साधारण अाज पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ ।
साधारणसभा मा बाेल्दै पञ्चपुरी नगरपालिका पुर्व नगरप्रमुख तथा रेडियोका संस्थापक अध्यक्ष उपेन्द्र बहादुर थापाले संस्थाले गरेकाे प्रगति प्रति अाफु खुसि भएको र अागामी दिनमा यसकाे प्रगतिका लागि निरन्तर सहयोग रहने बताउनुभएको छ ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले रेडियोकाे सफलताको शुभकामना दिदै नगरपालिकाले संस्थाकाे प्रगतिका लागि निरन्तर साथ सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभएकाे छ ।
साधारणसभाका अध्यक्ष रामबहादुर बिष्टले अाफ्नाे कार्यकालमा सबैले गरेकाे सहयोगकाे प्रशंसा गर्नुभएको छ । कार्यकाल अबधिभर रेडियोकाे जग्गा खरिद, भवन निर्माण, संघसंस्था संग समन्वय तथा सहकार्य गरि काम गरेकाे र शेयर सदस्य संख्या बृद्दि गरेकाे महत्त्वपूर्ण उपलब्धि भएको समेत बताउनुभएको छ ।
साधारणसभाले यामबहादुर बिसिकाे अध्यक्षतामा नया कार्यसमिति समेत गठन गरेकाे छ । समितिकाे उपाध्यक्षमा कलाधर सापकोटा, सचिव बेला थापा, कोषाध्यक्ष कलावती भण्डारी रहनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा चन्द्रबहादुर सार्की, नारायण खरेल, बेदराज भण्डारी, डिल्लीराम घिमिरे, चन्द्रा आले, नरबहादुर रावल, लक्ष्मी सुनार चयन हुनुभएको छ ।
सभामा रेडियो लाई निशुल्क कम्प्युटर प्रदान गर्ने देउराली सामुदायिक बनका अध्यक्ष ईन्द्रबहादुर रावल लाई सम्मान समेत गरिएको छ । कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति प्रमुख छबिलाल सिग्देल, वडा अध्यक्ष नरवहादुर सिजापति, यामबहादुर बिसी, नगेन्द्र बहादुर शाही, नेकपा एमालेका धनबहादुर थापा, सुर्याेदय संचार सहकारी संस्थाका भिमबहादुर रावत, ईलाका प्रहरी कार्यालयका प्रमुख, बिद्यालयका प्रधानाध्यापक लगाएत राजनीति दलका प्रतिनिधि, कर्मचारीहरुकाे सहभागीता रहेकाे थियोे ।
सहकारी तथा रेडियोका नव निर्वाचित अध्यक्ष यामबहादुर बिसीले संस्थालाई थप प्रगतिमा लैजाने र रेडियोकाे क्षमता बिस्तार गरि ५ सय वाट पुर्याउने बताउनुभएको छ । कार्यक्रमकाे सञ्चालन कृपाराम थापाले गर्नुभएको हाे ।