पञ्चपुरी नगरपालिका स्तरीय अपाङ्ग सञ्जालको साधारणसभा सम्पन्न

११ असोज, सुर्खेत
पञ्चपुरी नगरपालिकामा रहेको नगरस्तरीय अपाङ्ग सञ्जालको वार्षिक साधारण सभा आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको सम्पूर्ण वडाहरूमा रहेका अपाङ्ग सञ्जालका प्रतिनिधिहरूको साधारणसभामा सहभागिता रहेको थियो । साधारण सभामा अपाङ्गता भएका व्यक्तिहरूका लागि आगामी दिनमा गर्नुपर्ने योजना, सञ्जालले विगतदेखि गर्दै आएको कामको बारेमा समेत जानकारी दिएको छ ।
त्यसैगरी कार्यक्रममा आइएनएफ सुर्खेत अन्तर्गत पहुँच तथा समावेशीकरण परियोजनाका पञ्चपुरी टिम लिडर उदय हमालले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, अपाङ्गताको परिचय अपाङ्गता भएका व्यक्तिहरूलाई गर्नुपर्ने व्यवहार लगायत संस्थाले गरेको कामको बारेमा समेत जानकारी दिनुभएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका नगरप्रमुख लालबिर भण्डारीले आइएनएफ सुर्खेत र अपाङ्ग सञ्जाल पञ्चपुरीले अपाङ्गता भएका व्यक्तिहरूका लागि गरेको काम प्रशंसायोग्य रहेको बताउनुभएको छ । साथै उहाँले नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिहरूको आय आर्जनका लागि यसअघि पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रम नगरस्तरीय अपाङ्ग सञ्जालका सचिव यामलाल भुसालले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता नगरस्तरीय सञ्जालका अध्यक्ष राजकुमार कडेलको गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...