असोज ९ सुर्खेत
आइएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेत अन्तर्गत सञ्चालित पहुँच तथा समावेशीकरण परियोजनाको बहिर्गमन कार्यशाला गोष्ठी सिम्तामा एक कार्यक्रमका बीच सम्पन्न भयो। उक्त कार्यशाला गोष्ठीको अध्यक्षता सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले गर्नुभएको थियो। भने कार्यक्रमको विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्ति, योजना अधिकृत टोपबहादुर राना हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन परियोजनाका टिम लिडर दिलबहादुर चौधरीले गर्नुभएको थियो , कार्यक्रममा सहभागीहरूलाई स्वागत र उद्देश्यमाथि प्रकाश पार्ने काम जलबहादुर बुढाले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, विषयका शाखा प्रमुख अपाङ्ग उत्थान केन्द्र सल्लाहकार तथा अध्यक्ष, विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि सेवाग्राही समेतको उपस्थिति रहेको थियो।
कार्यक्रममा परियोजना अधिकृत लोकप्रसाद गौतमले यस सिम्ता गाउँपालिकामा २०७९ श्रावणदेखि २०८२ असोजसम्मका परियोजनाका लक्ष्यहरू र उपलब्धिहरूको बारेमा जानकारी गराउनुभयो भने प्रयोजना सफलतापूर्वक सम्पन्न गर्नमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत पालिकाको सिङ्गो टिम, विषयगत शाखाहरू, अपाङ्ग उत्थान केन्द्र र अन्य सरकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भने गाउँपालिकासँग एकाकार भई “समृद्ध सिम्ता , सुखी सिमताली” को मर्ममा पुर्याउने उद्देश्यले सञ्चालित यस कार्यक्रमको सञ्चालन प्रक्रिया, पालिकाको अभिभावकीय भूमिका र सहकार्यबाट नै सफलता प्राप्त गर्न सकेको कुरा बताउनु भयो ।

समय सीमाका हिसाबले यो परियोजना समाप्त भए तापनि आइएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतले थेरापी सेवा , सहायक सामग्री निर्माण, सचेतना कार्यक्रम ,कुष्ठरोग उपचार प्रसव फिस्टुला उपचार लगायत कामहरू गरिरहेको साथै गर्न सक्ने व्यहोरा INF सुर्खेतले पेश गरेको परियोजना प्रस्तावमा टेवा पुर्याउनका लागि बजेट विनियोजन गरेकोमा विशेष आभार व्यक्त गर्दै सहकार्य गर्न सकिने वचनबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा योजना अधिकृत टोपबहादुर रानाले ,आइएनएफले पालिकाको काममा सहयोग गरेर पालिकालाई गुण लगाएको विचार व्यक्त गर्नुभयो।
त्यसैगरी स्वास्थ्य शाखाका सन्तोष बुढाले आईएनएफको इतिहासको चर्चा र यसले काम गर्ने क्षेत्रको बारेमा प्रशंसा गर्नुभयो ,वार्ड नं ५ का वडा अध्यक्षले जुन कुरा प्रस्तुतिमा समेत देख्न सकिने यसै गरेर विभिन्न विषयका शाखाहरुले पनि जनप्रतिनिधिको बहिर्गमन हुने बेलामा लक्ष्य तथा प्रतिफल प्रस्तुति गर्न सके राम्रो हुने , सकारात्मक सन्देश जाने, बताउँनु भयो। अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष वीरेन्द्र ओलीले यस केन्द्रको नियमित बैठक ,वडा स्तरका समितिहरु गठन र परिचालन मा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
सेवाग्राहीको तर्फबाट बोल्दै तुल्छे कामीले, म हिजो बैशाखी टेकेर हिँड्ने मान्छे आज अरु सर हिड्न सक्ने अवस्थासम्म आइपुग्न सकेको छु ,सहयोगले मेरो जीवनमा परिवर्तन भएको छ, मेरो जीवन तथा व्यवहारमा सहजता उत्पन्न भएको छ भन्ने कुरा बताउनुभयो । कार्यक्रमको समापन गर्नुभन्दा अगाडि लोकप्रसाद गौतमलेआइएनएफ नेपाल, साइनिङ अस्पताल सुर्खेत सिमता गाउँपालिकालाई आभारपत्र प्रदान गर्नुभयो, त्यसैगरी सिम्ता गाउँपालिकाले प्रशंसापत्र, मायाको चिनो प्रदान गर्दै पालिकाले छुट्टाएको बजेटसँग सहकार्य गर्नेगरी छिटै नै थप योजना र कार्यक्रमसहितयस सिम्ता गाउँपालिकामा कार्यक्षेत्र बनाई थप काम गर्नका लागि अनुरोधसहि कार्यक्रमको समापन गर्नुभएको थियो।
त्यसैगरी विरेन्द्रनगर सुर्खेतमा पनि पहुँच तथा समावेशीकरण परियोजनाको बहिर्गमन कार्यशाला कार्य सम्पन्न ,भएको छ उक्त कार्यशालाको प्रमुख नगर प्रमुख मोहनमया ढकालको अध्यक्षता , आथित्यता उपप्रमुख निलकण्ठ खनाल प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा वडा अध्यक्षज्यूहरू विषयका शाखा प्रमुख नगरस्तरी अपाङ्गता सञ्जाल सेवाग्राहीको सहभागितामा वीरेन्द्रनगर नगरपालिकाको सभाहालमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा सहभागीलाई स्वागत परियोजनाको अनुगमन तथा रिपोर्टिङ अधिकृत अंशपु ले गर्नुभएको थियो भने परियोजनाको उपलब्धि लक्ष्य तथा उपलब्धिको बारेमा प्रयोजना अधिकृत लोकप्रसाद गौतमले चर्चा गर्नुभएको थियो। उक्त कार्यक्रममा परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललित बहादुर सारुले पालिकासँगको सहकार्य, सहयोग साझेदारीको चर्चा गर्दै परियोजनाले हासिल गरेका उपलब्धिहरू पालिकाको अभिभावकीय भूमिकाले सम्भव भएको कुरा बताउनु भयो । अन्तमा आइएनएफले पालिकालाइ आभारपत्र, पालिका र नगरस्तरीय अपाङ्ग सञ्जालबाट INF लाइ धन्यबाद पत्र हस्तान्तरण गर्दै नगरप्रमुख मोहन माया ढकालले आइएनएफको लामो बिरासत भएको, आफ्नो कार्यमा दक्षता रहेको, सरकारी निकाय तथा सरकारवालासँगको निकट साझेदारी र सहकार्यमा कार्य गरेकोमा र प्रयोजनाका आशातित उपलब्धिहरु सफलता पुर्बक हासिल गरेकोमा बधाई दिँदै आगामी दिनहरुमा पनि थप सहकार्य र साझेदारी रहने बताउँदै कार्यक्रमको विसर्जन गर्नुभयो।











