ईलाका प्रहरी कार्यालय बाबियाचाैरबाट अब मुद्दा दर्ताकाे प्रकृया हुने,

सुर्खेतकाे ईलाका प्रहरी कार्यालय बाबियाचाैरबाट अब मुद्दा दर्ताकाे प्रकृया हुने भए छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे असाेज ८ गतेकाे पत्र अनुसार इलाका प्रहरी कार्यालय बाबियाचाैरलाइ मुद्दा दर्ताको अनुमति दिईएकाे हाे । सुर्खेत क्षेत्र नं २ का सांसद हृदयराम थानीले सामाजिक सञ्जालमा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी अपराध अनुसन्धान बिभाग अन्वेषण तथा योजना शाखाको च.नं १६०१, मिति २०८०/०६/०४ को पत्र अनुसार ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतलाई मुद्दा दर्ता गरि काम कारबाही अगाडि बढाउने अधिकार प्रदान भएको छ । अब सुर्खेत पश्चिमका जनता मुद्दा दर्ताका लागि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नभएकाे छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ईलाका प्रहरी कार्यालय बाबियाचाैरलाई पठाएको पत्र यस्तो छ,
श्री ईलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेत ।
प्रस्तुत विषयमा तहाँ कार्यालय मातहत इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन आवश्यक कार्यालय भवन, व्यारेक भवन, महिला तथा पुरुष हिरासत कक्ष, सवारी साधन लगायतका पूर्वधारहरु पर्याप्त रहेको तथा घटनाको उजुरी दर्ता संख्यामा पनि उल्लेख्य रहेको भन्ने व्यहोरा अवगत भएको
सर्वसाधारणलाई सहजरुपमा सेवा उपलब्ध गराउन तथा प्रभावकारी ढङ्गले अपराध नियन्त्रण तथा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतलाई प्रचलित नियम र कानून बमोजिम मुद्दा दर्ता गरी काम कारबाही अगाडि बढाउन अनुमति प्रदान गरिएको छ मुद्दा दर्ता गरी अनुसन्धान कार्य सुरु गरे पश्चात यस बिभागलाई जानकारी गराउन हुन अनुरोध भन्ने तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्बेषण तथा योजना शाखाको च.न. १६०१ मिति २८०।०६।०४ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतलाई प्रचलित नियम र कानून बमोजिम मुद्दा दर्ता गरी काम कारबाही अगाडि बढाउन हुन र मुद्दा दर्ता गरी अनुसन्धान कार्य सुरु गरे पश्चात तालुक कार्यालय तथा यस कार्यालयमा जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गरीएको छ भन्ने तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको च.नं. १२२९ मिति २०८०।०६।०६ गतेको पत्र यस कार्यालय प्राप्त हुन आएको हुँदा तहाँ कार्यालयबाट स्थानीय निकायहरुसंग आवश्यक समन्वय गरी सम्पूर्ण भौतिक पूर्वाधार, स्रोत साधन र जनशक्ति समेतको व्यवस्थापन गरी यथासिघ्र कार्यान्वयन गर्न हुन निर्देशानुसार अनुरोध गरिएको छ ।
साथै दक्ष जनशक्ति अभाव भएमा दर्जागत रुपमा माग गरी पठाउन हुन समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...