हुम बहादुर कार्की – असोज ९
युवा जागरण तथा सशक्तीकरण मन्चले संचालन गरेको ” भबिस्यमा नेपाल बोक्ने हरुका लागि सचेत युवा ” अभियान ले गुर्भाकोट १ स्थित ज्ञान ज्योति प्राबी फुलफुलेमा अद्य्यनरत बिपन्न बिद्यार्थीहरु का लागि झोला बितरण गरेको छ ।
विद्यार्थीहरुलाई अध्ययन सुविधा सङ्गै हौसला पढाइमा रुचि होस भन्ने उद्देश्य ले अति गरिब तथा जेहेन्दार कक्षा १ देखि कक्षा ३ सम्म का १० जना विद्यार्थीहरु लाई एक/एक झोला बितरण गरिएको सस्था का अध्यक्ष जीवन ढकालले जानकारी दिनु भएको हो ।
आगामी दिनहरु मा अझै बिभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै जाने र सामाजिक कार्यलाई निरन्तरता दिने सस्थाले प्रतिबद्धता जनाएको छ ।
झोला बितरण कार्यक्रममा बोल्दै अध्यक्ष राम बहादुर शाहिले सस्थाले निरन्तर गर्दै आएको विद्यार्थी हरु का लागि झोला बितरण कार्यले आफू निकै प्रभावित भएको र आगामी दिनहरु मा अब युवाहरु बाटै देश परिवर्तन हुने बताउनु भएको थियो ।
यसैगरी सस्था लाई स्वागत विद्यालयका प्राध्यापक लिला बिकले गर्नु भएको थियो ।
कार्यक्रममा समाजसेवी,शिक्षक अभिभावक हरु को उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन सस्थाका सल्लाहकार कासी बहादुर गाहाले गर्नु भएको थियो । यस सस्थाले बिगत देखि गरिब तथा जेहेन्दार विद्यार्थीहरु का लागि शैक्षिक सामाग्री बितरण गर्दै आएको छ ।