१८ औँ विश्व रेबिज दिवस विभिन्न कार्यक्रम गरी बराहतालमा सम्पन्न

९ असोज, सुर्खेत ।
बराहताल गाउँपालिका पशुपंक्षी विकास शाखा सुर्खेतको आयोजनामा १८ औँ विश्व रेबिज दिवस आज एक कार्यक्रम गरी मनाइएको छ । अवरोध हटाउँ रेबिज उन्मोलन गरौं भन्ने नारा सहित बराहताल गाउँपालिकाको वडा नम्बर ५ बड्डीचौरमा कार्यक्रम गरिएको हो । दिवसको अवसरमा गाउँपालिकामा रहेका कुकुर र बिरालोलाई रेबिज विरुद्धको खोप समेत लगाइएको छ । शाखाले गाउँपालिकामा रहेका ५३ वटा कुकुर र चारवटा बिरालोलाई रेबिज विरुद्धको खोप लगाएको गाउँपालिकाका सूचना अधिकृत गोविन्द सिजापतीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले पछिल्लो समयमा समुदायमा रेबिज रोग फैलिने गरेको हुँदा आफ्नो कुकुर बिरालो लगायत घरपालुवा पशुपंक्षीलाई समयमै खोप लगाउन आवश्यक रहेको बताउनुभएको छ । साथै उहाँले रेविज खोप लगाउन प्रत्येक वडामा सुरुवात गरिने समेत बताउनुभएको छ । गाउँपालिकाले यसअघि पनि नियमित रुपमा वडास्तरमा विभिन्न अभियानका कार्यक्रमहरू गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search