चौकुने वडा नं ६ बाट भरुवा बन्दुक र खरखजना सहित १ जना पक्राउ

९ असोज, सुर्खेत ।
सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ६ काफल गैराबाट भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा हिजो साँझ करिब ५ बजेर ४० मिनेटको समयमा सोही ठाउँका मानबहादुर बुढालाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा प्रहरीले बन्दुक १ नाल र सोही स्थानमा भित्तामा भएको घुड्किलोमा झुन्ड्याएर राखेको कालो रङको झोलाभित्र राखेको कालो बट्टामा बारुद जस्तो देखिने कालो पदार्थ र सेतो केप जस्तो देखिने वस्तु ६ थान बरामद गरेको छ । त्यसैगरी प्रहरीले पटका रोल जस्तो देखिने वस्तु ३ थान सिसा र फलाम जस्तो देखिने सानो ठूलो गोली छर्रा जस्तो देखिने वस्तु २७ स्थान र तिर लेखेको काटीसहितको सलाईको बट्टा एक थान फेला पारेको छ ।
पक्राउ परेका बुढालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक रविन्द्र सिंह कार्कीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...