प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरी २ काे पलैटे सुर्खेतमा आजदेखि बहिरंग उपचार केन्द्र सञ्चालनमा आएकाे छ । शिघ्र तथा मध्यम कुपोषणकाे एकीकृत ब्यवस्थापन गर्नका लागि सेवा सुरु भएको हाे ।
समुदायमा बालबालिकाहरुमा कुपोषणकाे संख्यामा बृद्धि भएको हुदा कुपोषण कम गर्नकाे सेवा काे सुचारु गरिएको हाे । मध्यम कुपोषण भएका बालबालिका हरुलाई प्राथमिक स्वास्थ्य केन्द्रमा नै उपचार गरिने प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

बहिरंग उपचार केन्द्रकाे उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले सुत्केरी र गर्भवती अवस्थामा नै आमा तथा बच्चाको लागि पाैष्टिक आहार आबश्यक भएको हुदा यसका लागि घरपरिवाले नै बढि स्याहारसुसार र हेरचाह गर्न आबश्यक रहेकाे बताउनुभएको छ ।

त्यस्तै स्वास्थ्य ब्यवस्थापन समिति तथा वडा नं २ का अध्यक्ष जगत बहादुर बिसि ले प्राथमिक स्वास्थ्य केन्द्रकाे ब्यवस्थापनका लागि आफुले आबश्यक सहयाेग गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।