वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था दुल्लु सेवा केन्द्रको साधारणसभा सम्पन्न,

बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. दुल्लु सेवा केन्द्रको २१ औै बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । दैलेखकाे दुल्लु नगरपालिकाका उप प्रमुख विना कार्कीकाे प्रमुख आतिथ्यतामा साधारणसभा गरिएकाे हाे । साधारणसभा मा बाेल्दै उप प्रमुख कार्कीले सहकारीले समुदायमा रहेका महिलाहरुकाे बचत गर्ने बानीकाे बिकास गर्दै आयमुलक कार्यक्रममा सहयोग गरेकाे प्रति धन्यवाद समेत दिनुभएको छ ।

साधारणसभामा वडा नं ७ का वडा अध्यक्ष कविराज रावत लेखा समिति संयाेजक हेमलाल पन्त बरिष्ठ प्रबन्धक किरण बस्नेत, उप समिति संयाेजक शाेभा कुमारी वि सि एवं सेवा केन्द्र प्रमुख हरिकृष्ण वलिकाे सहभागीता रहेकाे थियाे । सागर खड्काले सञ्चालन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहकारीका कर्मचारी रमेश बिकले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...