कारितास अस्ट्रेलिया, अष्ट्रेलिययन एडको सहयोग तथा कारितास नेपालको आयोजनामा कार्यक्रम शुभारम्भ तथा समन्वयात्मक बैठक आज सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ । नेपाल जिविकोपार्जन तथा उत्थानशिल कार्यक्रम २ अन्तरगत पञ्चपुरी नगरपालिकाको वडा नं ६ मा परियोजनाको कार्यक्षेत्र रहेको छ । कार्यक्रमले वडा भित्र रहेका सहकारी, कृषक, उद्यमी, बालबालिका लगाएतका क्षेत्रमा कार्यक्रम गर्ने योजना बनाएको छ । कार्यक्रममा वडा नं ६ मा वडा स्तरमा सल्लाहकार समिति गठन गर्ने र नियमित बैठक सञ्चालन गरि सल्लाह सुझाव आदनप्रदान गरिने भएको छ ।
बैठकमा कार्यक्रम फिल्ड कार्यालय ईन्चार्ज महेन्द्र चौधरीले परियोजना सम्पन्न गर्नको स्थानीय तहका जनप्रतिनिधिको सहयोग र समन्वय महत्त्वपूर्ण हुने बताउनुभएको छ । कार्यक्रम मा पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले नगरपालिकामा भएका कतिपय संस्थाहरुले समन्वय बिना आफु खुसि काम गर्ने गरेको हुदा त्यस्ता संस्थाको अभिलेख तयार गरि सुचिकृत हुन निर्देशन दिने बताउनुभएको छ ।
प्रमुख भण्डारीले एउटामात्र वडामा कार्यक्षेत्र रहेको र संस्थाको कार्यक्रम राम्रो र उपलब्धिमुलक भएको हुदा सबैले सहयोग गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाले १ बर्षको अबधिमा करिव ३३ लाख बढि बजेटको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।