पञ्चपुरी नगरपालिका सुर्खेत र सेभ द हर्टको संयुक्त आयोजनामा भएको २ दिने निःशुल्क मुटु परीक्षण सहितको स्वास्थ्य शिविरको पहिलो दिन आज २ हजार ३ सय ५२ जनाले मुटु परिक्षण गरेका छन । जसमा इसिजी २ सय ४१, इको २ सय २६ गरिएको र ८ जनाको अप्रेसन गर्नुपर्ने भएको छ । बिशेष गरि १८ बर्ष मुनिका बालबालिकाहरुको मुटु परिक्षण गरिने भनिए पनि समस्या देखिएका र परिक्षण गर्न चाहने अन्यको पनि मुटु परिक्षण गरिएको छ ।
शिबिर भोली ९ गते पनि सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो दिन पञ्चपुरीका वडा नं १ देखि ५ सम्मका बालबालिकाहरुको मुटु परिक्षण गरिएको छ भने भोली वडा नं ६ देखि ११ सम्मका बालबालिकाको मुटु परिक्षण हुने भएको हो । शिबिरको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले आर्थिक अभावकै कारण मुटुको उपचार गराउन वीरेन्द्रनगर र बाहिर जानबाट बञ्चित भएकाहरुका लागि शिबिरले फाइदा पुग्ने बताउनुभएको छ ।
नगरपालिकाको केन्द्र रहेको बाबियाचौर स्थित बिद्याज्योति माध्यमिक विद्यालयमा शिविर संचालन भएको छ । कार्यक्रमको ब्यवस्थापन स्वास्थ्य शाखा पञ्चपुरी र बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरले गरेको छ ।
