पञ्चपुरीको बाबियाचौरमा निःशुल्क मुटु परीक्षण शिबिर सुरु,

पञ्चपुरी नगरपालिका सुर्खेत र सेभ द हर्टको संयुक्त आयोजनामा निःशुल्क मुटु परीक्षणसहितको स्वास्थ्य शिविर आज देखि बाबियाचौरमा सुरु भएको छ ।   बिशेष गरि १८ बर्ष मुनिका बालबालिकाहरुको मुटु परिक्षण गरिने भएको छ ।

८ र ९ गते २ दिन सम्म शिबिर सञचालन हुने भएको छ । पहिलो दिन पञ्चपुरीका वडा नं १ देखि ५ सम्मका बालबालिकाहरुको मुटु परिक्षण हुने भएको छ भने दोस्रो दिन वडा नं ६ देखि ११ सम्मका बालबालिकाको मुटु परिक्षण हुने भएको हो ।

शिबिरको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले आर्थिक अभावकै कारण मुटुको उपचार गराउन वीरेन्द्रनगर र बाहिर जानबाट बञ्चित भएकाहरुका लागि शिबिरले फाइदा पुग्ने बताउनुभएको छ । नगरपालिकाको केन्द्र रहेको बाबियाचौर स्थित बिद्याज्योति माध्यमिक विद्यालयमा शिविर संचालन भएको छ । कार्यक्रमको ब्यवस्थापन स्वास्थ्य शाखा पञ्चपुरी र बिद्याज्योती माद्यामिक बिद्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...