पञ्चपुरीमा ४ हजार ५ सय बढि प्याकेट गर्भवती र सुत्केरीलाई पाेषिलाे पिठाे बितरण गरिदै,

काेभिड १९ काे महामारीमा पाेशिलाे पिठाे (फाेर्टिफाइडर सुपर सिरियल) बितरण सम्वन्धी याेजना निर्माणका गर्नका लागि १ दिने गाेष्ठी अाज पञ्चपुरीमा सम्पन्न भएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सराेकारवाला निकायहरु बिच भएको छलफलमा पञ्चपुरी नगरपालिकाकाे प्रत्येक वडामा असाेज ९ गते देखि २२ गते सम्म पाैष्टिक अाहार बितरण गर्न लागिएको हाे ।

पाैष्टिक अाहार बितरण कार्यक्रम एकदम राम्रो रहेकाे र यसकाे दिगाेपना तथा निरन्तरताका लागि स्थानीय स्तरबाट पहल गरिने नगर प्रमुख उपेन्द्र बहादुर थापाले बताउनुभएको छ । सहभागीहरुले पाैष्टिक अाहार बितरण र प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मचारी र जनप्रतिनिधिले अा अाफ्नाे ठाउबाट अाबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

बिश्व खाद्य कार्यक्रमकाे सहयाेग तथा अावाज संस्था सुर्खेतकाे समन्वय मा जाजरकोटकाे बारेकाेट, कुशे र भेरी नगरपालिका र सुर्खेत काे पञ्चपुरी नगरपालिका गरि ४ अाेटा पालिकामा गर्भवती, पुर्ण स्तपान गराईरहेका र ६ देखि २३ महिना भित्रका बालबालिका हरुलाई पाेषिलाे पिठाे बितरण गर्न लागेकाे हाे ।

कुपोषणकाे संख्या कर्णालीमा बढि भएको र यसलाई १ महिना परिक्षणका रुपमा कार्यक्रम सुरु गरिने भएको छ । पञ्चपुरीमा ४ हजार ५ सय ७४ प्याकेट गर्भवती र सुत्केरीलाई पाेषिलाे पिठाे बितरण गरिने कार्यक्रम रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...