तातापानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे चाैथाे चुनावी साधारणसभा हिजाे सुर्खेतकाे पञ्चपुरी १० मा सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथी वडा नं १० का वडा अध्यक्ष हरिप्रसाद ढकालले नागरिककाे स्वच्छ पिउने पानीको अधिकार पूरा गर्न स्थानीय तहले सहयोग र समन्वय निरन्तर गरिरहने बताउनुभएको छ ।
खानेपानीकाे सहि सदुपयोग गरि संरक्षण गर्नु सबै नागरिककाे कर्तव्य भएको बताउदै अध्यक्ष ढकालले समिति र उपभोक्ताले निरन्तर संरक्षण गर्नुपर्नेमा जाेड दिनुभएको छ । साधारणसभावाट सर्वसम्मत पुरानो कार्यसमितिलाई चयन गरिएको छ । कृष्णप्रसाद भण्डारीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरिएको हाे ।
समितिकाे उपाध्यक्षमा प्रजापति न्याैपाने सचिव टिकाराम ढकाल काेषाध्यक्ष अर्जुनप्रसाद तिमिल्सिना र सहसचिव धर्मा सञ्ज्याल रहनुभएकाे छ । त्यसैगरी सदस्य हरुमा खैरे टमटा, नन्दकला पाेखरेल, खड्के कामी, पुष्पा न्याैपाने, बिशाखर न्याैपाने र प्रेम सिजापती चयन भएका छन ।
साधारणसभामा महेन्द्र न्याैपाने, शुरेस शर्मा, बेदराज भण्डारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियाे । टिकाराम ढकालले संचालन गरेकाे कार्यक्रम कृष्ण प्रसाद भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।