युएसएआइडी, भकारी परियोजना द्धारा लेकगाँउका बाढिपिडितलाई राहत विबरण,

गत भदौ ३१ गते राती परेको अविरल वर्षाको कारणले आएको बाढिले बराहताल गाउँपालिका वडा न ५ लेकगाँउका विस्थापन भएका १४ जनालाई राहत बितरण गरिएको छ । USAID, मर्सिकोर नेपाल र सुन्दर नेपाल संस्था द्धारा सञ्चालित भकारी कार्यक्रम अन्र्तगत गैर खाद्य वस्तु राहत वितरण भएको छ ।

गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी मार्फत राहत वितरण गरिएको सुन्दर नेपाल संस्थाका भकारी कार्यक्रमका डि आर आर अधिकृत गगन खड्काले जानकारी दिनुभएको छ । वडा अध्यक्ष धिमराज जोल्मी मगर, गाउँपालिका विपद् फोकल व्यक्ति कृष्ण प्रसाद शर्मा, मर्सिकोर नेपाल भकारी कार्यक्रमका लाक्पा छिरिङ तामाङ, सुजित गौतम सुन्दर नेपाल संस्थाका गगन खड्का मञ्जु रिमाल निर्मल लामिछाने मगर, सामुदायिक विपद् व्यबस्थापन समितिका अध्यक्ष डिल्लिराम वम, पूर्व सुचना कार्यदलका संयोजक युवराज बस्नेत सहितको उपस्थितीमा राहत वितरण भएको हो ।

लेखगाउका १४ जनालाई NFRI किटमा त्रिपाल १ थान, बाल्टी १ थान, जग १ थान, कम्बल १ थान, सिरक १ थान, टर्च १ थान, डोरी २ थान, टाबेल १ थान, पिफम २ थान र म्याट १ थान वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...