६ असोज, सुर्खेत ।
किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिकामा रहेका युवा क्लबको त्रैमासिक बैठक आज सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५ बाबियाचौरमा भएको बैठकमा युवा क्लबले गरेका गतिविधिहरू, किशोर किशोरी प्रजनन स्वास्थ्य सचेतनाका लागि डिजिटल गतिविधिको विषयमा समेत छलफल गरिएको हो ।
त्यसैगरी छलफल कार्यक्रममा आइएनएफ सुर्खेत अन्तर्गत पहुँच तथा समावेशीकरण परियोजनाका टिम लिडर उदय हमालले अपाङ्गता भएका व्यक्तिहरूको अवस्था उनीहरूलाई गरिने व्यवहार तथा हक अधिकारको विषयमा समेत जानकारी दिनुभएको थियो ।


कार्यक्रममा किशोर किशोरीहरूले आगामी दिनहरूमा गर्ने क्रियाकलापहरूको बारेमा कार्ययोजना समेत बनाएका छन् । कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी कृष्ण बिकले गर्नुभएको हो भने कार्यक्रम पञ्चपुरी नगरपालिका अन्तर्गत नगरस्तरीय युवा सञ्जालका अध्यक्ष रमेश ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो ।











