“म हाकिम भन्दा पनि सहजकर्ता हुँ“ प्रमुख प्रशासकीय अधिकृत– जैसी,

पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले आफुलाई हाकिम भन्दा पनि सहजकर्ताको रुपमा प्रस्तुत गर्ने बताउनुभएको छ । पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीयको जिम्मेवारी पाए पश्चात् स्वागत कार्यक्रममा जैसीले सो कुरा बताउनुभएको हो ।
स्वागत कार्यक्रममा उहाले पञ्चपुरी नगरपालिकामा आफ्नो कार्यकालभर उपलब्धिमुलक र देखिने खालका काम हरु गर्ने बताउनुभएको छ । नगरपालिकामा रहेका जनप्रतिनिधिले योजना र उनिहरुले देखेका सपनालाई पूरा गर्न कर्मचारीले सहजकर्ताको भुमिका पूरा गर्नुपर्नेमा उहाले जोड दिनुभएको छ । नगरपालिका भित्र र बाहिरका धेरै कामलाई सुधार्नु पर्ने देखिएको बताउदै जैसीले कर्मचारीले नीति निर्देशनको पालना गर्नुपर्ने प्रमुख काम रहेको बताउनुभएको छ ।
लामो समय देखि स्थानिय तहको अनुभव सुनाउदै उहाले कर्मचारी संग मित्रवत ब्यवहार गरेपनि कामको कुरामा सजिलै बिस्वास गर्न नसकिने बताउनुभयो । स्वागत कार्यक्रममा नगरप्रमुख लालवीर भण्डारीले आफ्नो १ बर्षको अबधिमा गरेको काममा आफु सन्तुष्ट नभएको बताउदै अब केही परिवर्तन र देखिने खालको काम हुनेमा आशा पलाएको बताउनुभयो । स्थानीय तहको बिकासका लागि सबै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्ने समेत भण्डारीले प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...