जाजरकोट र सुर्खेतमा पाेषिलाे पिठाे बितरण गरिने,

काेभिड १९ काे महामारीमा पाेशिलाे पिठाे (फाेर्टिफाइडर सुपर सिरियल) बितरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम अाज वीरेन्द्रनगर नगरमा सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रमकाे सहयाेग तथा अावाज संस्था सुर्खेतकाे अायाेजनामा कार्यक्रम गरिएको हाे ।

जाजरकोटकाे बारेकाेट, कुशे र भेरी नगरपालिका र सुर्खेत काे पञ्चपुरी नगरपालिका गरि ४ अाेटा पालिकामा गर्भवती, पुर्ण स्तपान गराईरहेका र ६ देखि २३ महिना भित्रका बालबालिका हरुलाई पाेषिलाे पिठाे बितरण गरिने भएको छ । असाेज महिनामा बितरण गरिने पाेषिलाे पिठाे २ महिनाका लागि बितरण गरिने छ ।

कुपोषणकाे संख्या कर्णालीमा बढि भएको र यसलाई १ महिना परिक्षणका रुपमा कार्यक्रम सुरु गरिने भएको छ । जाजरकोट जिल्लाकाे बारेकाेटमा करिव १ हजार ५ सय २७, कुशेमा १ हजार ८ सय ३, जुनिचादेकाे १ हजार ८ सय ३५ र सुर्खेत पञ्चपुरीका ४ हजार ५ सय ७४ जना गर्भवती र सुत्केरीलाई पाेषिलाे पिठाे बितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...