पञ्चपुरीमा गत भदौ ३१ गतेको अबिरल बर्षाका कारण आएको र बाढि र पहिरोले अबरुद्ध सडक तत्काल खुलाउनको लागि नगरपालिकाले काम अगाडि बढाउने भएको छ । बर्षाका कारण आएको पहिरो र बाढिले नगरपालिकाको एउटा वडा बाट अर्को वडामा जानको लागि समेत कठिनाइ भएको छ ।
नगरपालिकाको वडा नं ४, ५, ६, ७ का बिभिन्न ठाउमा पहिरो गएको छ । त्यसैगरी वडा नं ८, ९, १० र ११ संग पनि नगरपालिकाको यातायातको सम्पर्क टुटेको छ ।
नगरपालिकाको आज बसेको नगर कार्यपालिका बैठकले बाढिपडितको ब्यवस्थापनका लागि तत्काल राहतको ब्यवस्थापन गर्ने, राहत बितरण नगरपालिका मार्फत एकद्धार प्रणाली बाट बितरण गर्ने, बाढिबाट भएको क्षति बारे तथ्यांक संकलन गरि सहयोगको लागि कर्णाली प्रदेश सरकार र केन्द्र सरकार संग अनुरोध गर्ने निर्णय भएको नगरप्रमुख लालबिर भण्डारीले बताउनुभएको छ ।
नगर प्रमुख भण्डारीले अबरुद्ध सडकको प्राबिधिक लगत संकलन गर्न लागिएको र वडा नं १० मा नगरपालिकाले बाटो मर्मत गरिरहेको समेत जानकारी दिनुभएको छ । नगरपालिकाले भाडामा जेसिबि लगाएर भएपनि दशैं अघि नै सबै बाटो खुलाउने जनाएको छ ।