३ असोज सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको आयोजनामा दशौँ संविधान दिवस २०८१ आज बाबियाचौरमा बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । सङ्घीयता कार्यान्वयन र चुनौतीका विषयमा विचार गोष्ठी गर्नुका साथै प्रभात फेरी समेत गरिएको छ । पञ्चपुरी नगरपालिकाको कार्यालयदेखि बजार परिक्रमा गरेर विचार गोष्ठी गरिएको थियो ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले संघीयता कार्यान्वयन गर्न लोकतन्त्रलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो चरणमा लोकतन्त्रलाई रक्षा गर्नको लागि सबै राजनीतिक दलको उत्तिकै महत्वपूर्ण भूमिका हुने समेत उहाँले जोड दिनुभएको छ । संविधानकै कारण नागरिकहरूले स्वतन्त्रतापूर्वक बोल्न र आफ्ना अभिव्यक्तिहरू दिन पाएको कुरालाई स्मरण गराउँदै उहाँले आफ्नो अधिकारलाई प्रयोग गर्दै अभिव्यक्ति दिँदा अरुको अधिकारलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यसैगरी पञ्चपुरी नगरपालिका वडा नम्बर ४ को कार्यालयले पनि आज संविधान दिवस मनाएको छ । वडा कार्यालयले कार्यालय परिसर भित्र रहेका बिरुवाहरूलाई गोडमेल गरेको छ । साथै कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले संविधानको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभएको छ । कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारीहरू, प्रहरी, नागरिक समाज, बजार व्यवस्थापन समिति लगायतको सहभागिता रहेको थियो ।
