नेकपा एस काे १ सय ७५ सदस्यीय गाउँ कमिटी गठन,

नेकपा एकीकृत चौकुने गाउँ कमिटीको आयोजनामा कार्यकर्ता भेला चाैकुनेकाे गुटुमा सम्पन्न भएको छ । भेलाकाे सम्बाेधन गर्दैन कर्णाली प्रदेशका भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्री कुर्मराज शाहीले पश्चिम सुर्खेत बिकासकाे दृष्टिकोणले पछाडि परेकाे तर सम्भावनाकाे क्षेत्र रहेकाे बताउनुभएको छ ।

कृषि तथा पशुपालनकाे क्षेत्रमा कृषककाे अार्थिक अवस्था बलियाे बनाउन अाफुले अावश्यक सहयोग गर्ने समेत बताउनुभएको छ । जिल्ला कमिटी सदस्य खडक थापाको सञ्चालनमा कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी सुर्खेत जिल्ला कमिटी अध्यक्ष मोहन सिंह बडुवालले पार्टीको संगठन बिस्तारका लागि सबैकाे सहयोग जरुरी रहेकाे बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला कमिटी सचीव शिव प्रसाद उपाध्याय, प्रदेश कमिटी सदस्य मन बहादुर बिक, नयाराम बयक, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य धना शाही, प्रदेश कमिटी सदस्य हरि प्रसाद खनाल, बल बहादुर कठायत, युवा संघ नेपाल केन्द्रिय सचीव जंग राना को उपस्थिति रहेको थियो ।

भेलाले लक्षिराम अालेकाे अध्यक्षतामा १ सय ७५ सदस्यीय गाँउ कमिटी गठन गरेकाे छ । भेला कर्णाली प्रदेश कमिटी सदस्य तारा देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...