ईलाका प्रहरी कार्यालय बाबियाचाैरकाे सार्वजनिक सुनुवाइ सम्पन्न,

ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम बाबियाचाैरमा सम्पन्न भएको छ ।

पञ्चपुरीमा रहेका राजनीतिक दल, संघ संस्था, समाजसेवी, तथा जनप्रतिनिधि हरुकाे सहभागीतामा सुनुवाइ भएको हाे । ईलाका प्रहरी कार्यालय बाबियाचाैरले ईलाका मातहतमा भएका प्रहरी चाैकिले गरेका गतिविधि, शान्ति सुरक्षाको बारेमा जानकारी समेत दिईएकाे छ ।

सामुदायिक प्रहरी साझेदारी पालिका स्तरिय समितिका अध्यक्ष एवम पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले चाडपर्व नजिकिदै गर्दा विभिन्न खालका अापराधिक गतिविधि बढ्ने भएको हुदा प्रहरीले त्यसमा बिशेष निगरानी गर्न सुझाव समेत दिनुभएको छ । नगरकाे शान्ति सुरक्षाकाे क्षेत्रमा अाफुले पनि बिशेष सहयोग गर्ने समेत थापाले बताउनुभएको छ ।

ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक टेकबहादुर देउवाले नागरिक केन्द्रित प्रहरी सेवा प्रबाह, शान्ति सुरक्षा एवम मानवअधिकार संरक्षण सम्बर्द्धन लगायतका बिषयमा सेवा प्रवाह गर्न जनप्रतिनिधि तथा समुदायमा नागरिकहरु संग समन्वयको भुमिका निर्वाह गर्ने समेत बताउनुभएको छ ।

ईलाका प्रहरी कार्यालय बाबियाचाैरले चाडपर्व लक्षित गरि सुरक्षा ब्यवस्था कडा पार्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...