सूर्य प्रकाशका अभिभावकहरूलाई असल अभिभावकत्व सम्बन्धी जानकारी प्रदान

१ असोज, सुर्खेत ।
सूर्यप्रकाश माध्यामिक विद्यालय पञ्चपुरी २ पलैटे सुर्खेतको आयोजनामा अभिभावकहरूका लागि असल अभिभावकत्व सम्बन्धी जानकारी दिइएको छ । विद्यालयमा भएका विद्यार्थीहरूका अभिभावकहरूको लागि विद्यालयले असल अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा जानकारी दिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूको पढाइलाई सकारात्मक बनाउन अभिभावकको भूमिकाको विषयमा चर्चा गरिएको छ । त्यसैगरी असल संस्कार बालबालिकाहरूलाई कसरी प्रदान गर्ने विषयमा समेत जानकारी दिइएको छ । त्यसैगरी विद्यालयले विद्यार्थीहरूलाई अभिभावकहरूप्रति गरिने व्यवहार भविष्यको योजना र पढाइलाई निरन्तरता दिन अपनाउनुपर्ने उपायहरूको बारेमा ज्ञान दिइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम बास्तोलाले विद्यालय, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतले विद्यालय राम्रो बनाउनको लागि यस कार्यक्रमले थप सहयोग पुग्ने समेत बताउनुभएको छ । कार्यक्रममा प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...