जनजागृत अाधारभुत बिद्यालयमा हाजिरीजवाफ सम्पन्न,

अावाज संस्था सुर्खेतकाे अायाेजना तथा जनजागृत अाधारभुत बिद्यालय पञ्चपुरी ८ दुलालालथाईकाे समन्वयमा हाजिरजवाफ अाज सम्पन्न भएको छ ।

अाज भएको हाजिरीजवाफमा भेरीगंगा समूहकाे हिक्मत बिक टिमप्रथम, बराहताल समुहकाे लक्ष्मण नेपालीको टिम दाेस्राे, चाैकुने समूहकाे भरत सहकारीको टिम तेस्रो र पञ्चपुरी समुहकाे जगत्रा गिरीकाे टिम सान्त्वना भएको छ ।

हाजिरीजवाफमा ६ अाेटा समुहको सहभागीता रहेकाे थियोे । प्रतियोगितामा बिजेता टिमलाई पुरस्कार समेत बितरण गरिएको छ ।

कार्यक्रम वडा अध्यक्ष भक्तिप्रसाद पाैडेलकाे प्रमुख अातिथ्यता तथा वडा स्तरीय बाल सञ्जालका अध्यक्ष हिक्मत बिककाे अध्यक्षतामा सम्पन्न भएको सामाजिक परिचालक कल्पना नेपालीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...