बातावरण सुधार बहुउद्धश्यीय सहकारी संस्था र पञ्चपुरी कला केन्द्रको आयोजनामा तिजगित तथा नृत्य प्रतियोगिता आज सम्पन्न भयको छ । सुर्खेत पञ्चपुरीको बाबियाचौरमा भएको प्रतियोगितामा ४ ओटा टिमको सहभागिता रहेको थियो ।
तिजगित प्रतियोगिता बरपिपल महिला समुह प्रथम, जनसृजना माबि तातापानीको समुह दोस्रो र डाब कालापानी महिला समुह तेस्रो भएको छ । प्रतियोगितामा बिजेताहरुलाइ नगद, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी लगाएतको उपस्थित रहेको थियो । गोबिन्द सिजालीले सञ्चालन गरेकाे कार्यक्रम पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीको प्रमुख आतिथ्यता र खगि कुमारी बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको छ ।