बालदिवशको अवसरमा पञ्चपुरी १० र ११ मा बिभिन्न कार्यक्रम सम्पन्न,

बालबालिकामा लगानी शुनिस्चित भबिष्यको थालनी भन्ने राष्ट्रिय नाराका साथ बिबिध कार्यक्रम गरि बालदिवश आज मनाइएको छ । पञ्चपुरीको वडा नं १० र ११ मा आवाज संस्था सुर्खेतको सहयोग तथा स्थानीय बालसमुहको आयोजना र वडा कार्यालयको समन्वयमा बक्तृत्वकला र लोकगित प्रतियोगिता गरिएको हो ।
पञ्चपुरी ११ मा भएको बक्तृत्वकला प्रतियोगितामा नमुना बालसमुहका शन्तोष बिक प्रथम, किरण बिक दोस्रो, परोपकार बाल समुहका अभिसा ढकाल तेस्रो र सृजनशिल बालसमुहका मनिसा न्यौपाने सान्त्वना भएका छन ।
त्यसैगरी आजै भएको लोकगित प्रतियोगितामा सृजनशिल बालसमुहका सुनिता भण्डारी प्रथम, डिग्रा नेपाली दोस्रो र नमुना बाल समूहका तुलसी बिक तेस्रो भएका छन । प्रतियोगितामा नतिजा ल्याउने लाई पुरस्कार समेत प्रदान गरिएको आवाज संस्थाका समाजिक परिचालक कोकिला कठायतले जानकारी दिनुभएको छ ।
यता पञ्चपुरी ८ मा रहेको जनजागृत आधारभुत बिद्यालयमा पनि नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम यमुना सुनार, दोस्रो झरना सिग्देल र तेस्रो खुसि श्रेष्ठ भएकि सामाजिक परिचालक कल्पाना नेपाली जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...